परिचय
काभ्रेपलाञ्चोक जिल्लाको
दक्षिणी भेग जिल्ला सदरमुकाम धुलिखेलदेखि करीव २९ कलिोमटिर टाढा रहेको सुन्दर गाउँ
साविक ढुंखर्क गाउँ विकास समिति वडा नम्बर ७ पाट्नेखोलामा श्री प्रेम प्रसाद
तिमल्सिना र स्थानीय बुद्धिजीवीहरुको विशेष पहलमा यस श्री जयराम प्राथमिक विद्यालय
वि.सं.२०३८ साल श्रावण १५ गते स्थापना भएको हो । गाउँलेहरुले बर्षैपिच्छे
चतुर्मासा लगाउने मन्दिर रहेको तत्कालिन ठाउँमा गाउँका अग्रजहरु मिलेर ढुंगा
फुटाउने, सम्याउने र पर्खाल लगाउने
गरेर एकतले पाँचकोठे खर छ्वालीले छाएर तत्कालिन अवस्थामा भवन निर्माण गरी पठनपाठन
शुरु गरिएको यस विद्यालयमा पछि अर्को दुई तले भवन बनाउने, युनिसेफको सहयोगमा आलुमुनियमको रातो जस्तापाताले छाउने
जस्ता कार्य गरी निर्माण कार्य गरिएको थियो । हाल विद्यालयमा रहेका ३ ओटा भवनहरु
मध्ये २ ओटा भुकम्प प्रतिरोधी ब्लक भवन (ट्रष्ट) छन् जुन २÷२ कोठे हुन् तर कक्षाकोठाको अभावको कारण बीचबाट बारेर ४
कोठालाई ७ कोठा बनाइएको छ । त्यसैगरी २०७२ सालको बिनाशकारी भूकम्पका कारण ती भवन
पनि चर्किएको र कक्षाकोठाको अभाव पनि भएकोले अर्को १ अस्थायी भवन पनि निर्माण
गरिएको छ । जुन २ कोठे भवनमा बालविकास कक्षा र कक्षा १ को पठनपनठन हुंदै आएको छ ।
विद्यालयको खेल मैदान सानो भएपनि ब्लक वि छ्याएर बालबालिकालाई धुलो र हिलो मुक्त्र
बनाइएको छ । एउटा कोठामा कार्यालय, एउटामा पुस्तकालय,
एउटामा भान्सा र पाँचओटा कोेठामा कक्षा सञ्चालन
भईरहेको छ भने वर्षाको भेल पस्ने कारण दुईओटा कोठाहरु प्रयोग गर्न असहज भएको छ ।
विद्यालयमा तार जाली सहितको कम्पाउण्ड र गेट समेत निर्माण गरी विद्यालयलाई
सुरक्षित बनाउने प्रयास गरिएको छ ।
तत्कालिन समयमा स्व.लोक बहादुर तिमल्सिनाले
शिक्षण शुरु गर्नुभएको यस विद्यालयमा सोही वर्षको माघ १ गते देखि सरकारी दरबन्दीमा
पहिलो शिक्षकको रुपमा कुलबहादुर श्रेष्ठ नियुक्त भई आउनुभएको थियो । हाल
विद्यालयमा ३ जना स्थायी दरबन्दीमा शिक्षक, १ जना बालविकास शिक्षक, १ जना गाउँपालिकाबाट प्रदान गरिएको अध्यक्षसंग घुम्ती
स्वयम्सेवक शिक्षक कार्यक्रम अन्तर्गतको शिक्षक र एक जना विद्यालय सहयोगी कर्मचारी
गरी जम्मा ट जना शिक्षक कर्मचारीहरु कार्यरत हुनुहुन्छ ।
शुरुमा विद्यालयमा
विद्यार्थीहरुको संख्या राम्रै रहेतापनि हाल विद्यालयमा जम्मा ३५ जना बालबालिकाहरु
मात्र अध्ययनरत रहेका छन् । सेवाक्षेत्रबाट केहि बालबालिकाहरु अन्य विद्यालयमा
अध्ययन गर्न गएका छन् भने विद्यालयमा बालबालिकाको संख्या कमी हुनुमा बसाईंसराईं र
कम जन्मदर रहेको पाइन्छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरु मिहेनती र जाँगरिला
रहेका छन् भने यस विद्यालयबाट उतीर्ण गरी अन्य विद्यालयमा अध्ययन गर्न गएका
विद्यार्थीहरु समेत राम्रै स्थान ल्याएर अध्ययन गरिरहेका छन् ।
